कस्तो होला सुशिल र बर्षाको ‘कारखाना’ ?

‘होस्टेल रिटन्र्स’ डेव्यु नायक सुशिल श्रेष्ठ र ‘नाईं नभन्नू ल २’ डेव्यु नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कारखाना’ असार १६ गते शुक्रबार देखि अल नेपाल रिलिज भएको छ । हिट सिक्वेलबाट नेपाली फिल्ममा आफ्नो यात्रा सुरु गरेका सुशिल र बर्षाको फल्मले कस्तो व्यापार र प्रतिक्रिया पाउँला त ?

प्रदर्शनको हिसाबले ‘होस्टेल रिटन्र्स’ पछि सुशिल अभिनित ‘कारखाना’ दोश्रो र बर्षाको पाँचौं फिल्म हो । बर्षा र सुशिलले पहिलो पटक एकसाथ स्क्रिन सेयर गरेका हुन् । फिल्म कारखानाको मायाले बोलेको बोली मिठो भो बोलको गीतलाई रुचाइएको छ । अमरदिप सापकोटा निर्देशित फिल्म चाहिं कस्तो होला त ? उसो त सुटिङपछि कारखानको सम्पादन कार्यमा दुई निर्मातहरु सुदिप खड्का र अमर बज्रर्चाले बसेका थिए । बर्षा र सुशिलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

लभ स्टोरी फिल्म ‘कारखाना’ मा सुशिल र बर्षासँगै अभिनेत्री मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा भाडामा बच्चा जन्माउने आमाको कथा पनि उठाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha