‘ह्याप्पी डेज’ शोमा प्रियंका र संजयको ह्याप्पी मुड !

आजदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्याप्पी डेज’को प्रेश शो गरिएको छ । प्रेश शोमा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता ह्याप्पी मुडमा प्रस्तुत भए । उनीहरुसँगै शोमा निर्देशक मिलन चाम्स, कलाकार विक्की जोशी लगायत उपस्थित थिए ।

पुरै जसो फिल्म युरोप खिचिएको ‘ह्याप्पी डेज’ लाई प्रेश शोमा राम्रै प्रतिक्रिया मिल्यो । फिल्म हेरेपछि प्रियंका, निर्देशक चाम्स र संजय दंग देखिए । पहिलो दिनमा पनि हलमा दर्शकको उपस्थिति निराशजनक नरहेकाले टिम खुसी नै रहेको प्रियंकाले बताइन् । ‘सफर’पछि दोश्रो पटक दर्शकमाझ आएका संजयले आफ्नो दोश्रो फिल्म ‘ह्याप्पी डेज’ लाई दर्शकले मन पराउने बताए ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिन आइजको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा अभिनेता दयाहाङ राईको पनि मुख्य भूमिका छ । तर अर्को फिल्म छायाँकनका कारण दया ‘ह्याप्पी डेज’को कुनै पनि प्रचारात्मक कार्यक्रममा सहभागी भैरहेका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha