सबै कलाकार राखेर ‘भैरे’ को दुई पोस्टर सार्वजनिक

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भैरे’ को पोस्टर रिलिज भएका छन् । पोस्टरमा फिल्मका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी प्रस्तुत छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको भैरे को निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह(निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । ‘भैरे’ को दुई गीत रिलिज भैसकेका छन् । पोस्टर केही सातामै रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha