‘नाईं नभन्नू ल ५’ मा निरुताको केमियो (फोटो फिचर)

झण्डै एक दशकपछि अभिनेत्री निरुता सिंह काँचको पर्दामा ब्याक भएकी छन् । फिल्म ‘फर्कि आऊ’ बाट नेपाली फिल्ममा नदेखिएकी निरुता विकास आचार्यको ‘नाईं नभन्नू ल ५’ बाट एक्सन कटमा फर्किएकी हुन् ।

‘यसमा निरुताको केमियो मात्रै हो’, शनिबार पिपुल्स प्लाजाको केकेएफसीमा एक्सन कट गर्दै गरेका लेखक, निर्माता तथा निर्देशक आचार्यले भने, ‘रोल छोटो भएपनि निरुतालाई दर्शकले सम्झिने छन् ।’ लामो समयपछि पर्दामा फर्किएकी निरुतालाई अन्यान नगरेको विकासले बताए । ‘नाईं नभन्नू ल ५’ मा निरुतालाई अभिनेता दीलिप रायमाझीको अपोजिटमा देख्न सकिनेछ ।

निरुताले पनि भूमिका मन परेर नै ‘नाईं नभन्नू ल ५’ मा जोडिएको बताइन् । आफ्नो अपोजिटमा अभिनेता दीलिप रायमाझी भएरपनि ‘नाईं नभन्नू ल ५’ खेलेको उनले खुलाइन् । ‘दीलिप त मेरो वेस्ट फ्रेन्ड हो’, निरुताले भनिन्, ‘ऊ भएरपछि यो फिल्म खेलें । फेरी विकास दाईको आग्रहलाई नर्कान सकिन । मेरो भूमिका छोटो भएपनि राम्रो छ ।’ राम्रो ब्यानरबाट आफुलाई सुहाउँदो भूमिकामा प्रस्ताव आए नेपाली फिल्ममा आफ्नो निरञ्तरता रहने पनि निरुताले बताइन् । ‘राम्रो ब्यानरबाट मलाई सुहाउँदो भूमिका आए म फिल्म खेलिरहन्छु’, निरुताले भनिन् ।

यता ‘दर्पण छायाँ’ जोडी दीलिप रायमाझीले लामो समयपछि फिल्ममा फर्किएकी निरुतालाई स्वागत गरे । निरुतासँग पछिल्लो पटक ‘ए पण्डित बाजे’मा सँगै काम गरेका दीलिपले भने, ‘हाम्रो जोडी फेरी फर्किएको छ । दर्शकले रुचाउनु हुन्छ भन्ने विश्वास छ ।’ आगामी फिल्महरुमा पनि निरुतासँग आफ्नो जोडी दर्शकले देख्न पाउने दीलिपले आशा राखे ।

सफल सिरिज ‘नाईं नभन्नू ल ५’ मा मुख्यतः अनुभव रेग्मी, प्रियंका कार्की, दीलिप, नव बाल कलाकार सोड्रिना शर्मा, नायिका स्वस्तिमा खड्का, केकी अधिकारी, नव नायक अभिषेक नेपाल लगायत कलाकारहरुको अभिनय छ । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।

राजधानी आसपास, झापा र ईलामको खिचिएको ‘नाईं नभन्नू ल ५’ को छायाँकन लगभग सकिएको छ । एउटा गीत खिच्न बाँकी रहेको फिल्म दर्शकमाझ भने भदौ ८ गतेदेखि आउँदैछ । नाईं नभन्नू ल का यसअघिका सबै सिरिजहरु सफल भएका छन् । निरुतासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha