पार्लर उद्घाटनमा पुगरे संचिताले काटिन् केक

काठमाडौं स्थित नयाँ बनेश्वरमा मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ साखा खुलेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी नायिका संचिता लुइँटेलले उक्त पार्लरको शुभारम्भ गरेकी हुन ।

बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरीले सो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर शाखासँगै १ महिना भित्रै कलंकीमा अर्को शाखा खोलिने संचालिका गिरीले बताइन् ।

पार्लरले बिशेष गरी महिलाहरुको लागि सौन्दर्य सुबिधा उपलब्ध गराउने र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको समेत संचालिका गिरीले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नायिका संचिता लुइँटेलले पार्लर सफलताको शुभकामना दिइन् ।

पार्लरले नायिका लुइँटेलका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निःशुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको व्यवस्था गरेको छ । बैशाख महिना भरी पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha