टुंडिखेलमा ‘ठ्याक लाउने’ प्रतिस्पर्धा

पुर्व राष्ट्रिय खेल डन्डीबियो माथि बनेको फिल्म ‘डमरुको डन्डीबियो’ले शनिबार टुंडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज राख्यो । फिल्मका मुख्य पात्र खगेन्द्र लामिछाने समेत उपस्थित भएको ठ्याक लगाउने प्रतिस्पर्धामा एक सय भन्दा बढी सहभागी भएका थिए । यो भिडियो हेर्नुस् :

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई रु.पच्चीस सय प्रदान गरियो । यस्तै छैंटो ठ्याक लगाउनेलाई पन्ध्र सय रुपैयाँ र पाँचो ठ्याक लगाउनेलाई भने पाँच सय बराबरको अन्य साम्रागी दिइयो । टुंडिखेलमा खगेन्द्र सहित कलाकारहरु आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतले ठ्याक लगाए ।

छेतेन गुरुङ निर्देशित ‘डमरुको डन्डीबियो’ मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । यही बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म डमरुको डन्डीबियो प्रतिक्षामा छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha