केकीको ‘कोहलरपुर एक्सप्रेस’ले कस्तो गर्यो व्यापार ?

गत शुक्रबार, बैशाख १४ गतेदेखि नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनमा आइरहेको छ । लेडी लिडिङ कमेडी फिल्मले व्यापार कस्तो गर्यो त ?

‘शनिबारको व्यापारबाट खुसी छौं’, पहिलो पटक फिल्म निर्माण गरेकी केकीले भनिन्, ‘दर्शकले पनि रमाईलो मानेर हेर्नु भयो । उहाँहरुको प्रतिक्रिया राम्रो छ ।’ प्रदर्शनको पहिलो दिन शुक्रबार भने फिल्मले सोचे अनुसार दर्शक हलमा तान्न नसकेको केकीले स्विकारिन् । ‘शुक्रबार राम्रो गर्छ भन्ने लागेको थियो । तर हामीलाई हलिउड फिल्मले थिच्यो । धन्न शनिबार दर्शक आउनु भयो यसको लागि हामी उहाँहरुप्रति आभारी छौं ।’ केकी र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शनिबार दिउँसो २ बजेपछि कोहलपुर एक्सप्रेस का राजधानीका सबै जसो शो हाउसफूल थिए । हाउसफूल दर्शकमाझ केकी फिल्मको प्रतिक्रिया बुझ्न पुगेकी थिइन् । भिडियो हेर्नुस् :

विशाल भण्डारी निर्देशित फिल्ममा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्राई लगायत कलाकारहरुको अभिनय छ । सोमबार र मंगलबार परेको सार्वजनिक बिदामा हलमा दर्शकको उपस्थिति राम्रो हुने आशा छ । केकी र ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha