संचितासँग छैनन् फिल्म, भन्छिन्, ‘राम्रो स्क्रिप्ट पाए गर्छु’

नायिका संचिता लुईंटेललाई दर्शकले पर्दामा देख्न नपाएको लामै समय भैसक्यो । केही समय अगाडी उनी अभिनित फिल्म ‘लिला’ प्रदर्शनमा त आएको थियो । तर त्यो फिल्म आएको र गएको कुनै पत्तो भएन् । बिचमा ‘आरोप’ र ‘गुनगुन’ जस्ता फिल्ममा अभिनय गरेकी संचिता अहिले चाहिं के गर्दैछिन् त ?

‘अहिले त म बिहेमा जानको लागि तयारी गर्दैछु’, ठट्यौली शैलीमा संचिताले भनिन्, ‘कामको कुरा गर्ने हो भने चाहिं अहिले त्यस्तो केही गरेको छैन् ।’ किन त काममा व्यस्त छैनन् त संचिता ? ‘खै गरौं जस्तो विषय नै पाएको छैन । राम्रो फिल्मको अफर आयो भने त गरिहाल्छु नि’, संचिताले सुनाइन् । के उनी पति निखिल उप्रेतीसँग कमब्याक गर्ने तयारी गर्दैछिन् त ?

‘अहिले त्यस्तो तयारी नै छैन। निखिल जीसँग कमब्याक हुनैपर्छ भन्ने पनि होइन । रामो प्रोजेक्ट भयो भने छुट्टा छुट्दै गर्दा पनि हुन्छ नि हैन ?’, संचिताले उल्टै प्रश्न तेस्र्याइन् । यस्तै होम प्रोडक्सनबाट फिल्म निर्माण गर्ने योजना पनि नरहेको संचिताले खुलाइन् । दुई सन्तानकी आमा संचिता हिजोआज म्युजिक भिडियो र र्याम्प शोमा व्यस्त छिन् । पर्दामा कहिले फर्किएलिन् त ‘राधा’ अर्थात् संचिता ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha