प्रियंका कार्कीको बलिउडमा छलाङ !

बधाई । चल्तीकी नायिका प्रियंका कार्की भारतको बहुचर्चित कम्पनी ब्रिटानियाको नेपाल दुत भएकी छन् । प्रियंका शो कम्पनीले उत्पादन गरेको गुड डे बिस्कुटमा समेत नेपालका लागि टिभिसी एडमा देखिने छिन् । गुड डे बिस्कुटको भारतका लागि बलिउडकी नम्वर वान नायिका दीपिका पादुकोणले टिभिसी एड गरेकी छन् । भिडियो :

‘भारतबाट आएको ब्रिटानिया कम्पनीसँग दुई साता अगाडी सम्झौता भएको हो’, प्रियंकाले खुसीको खबर सुनाइन्, ‘अब यही बुधबार र बिहिबार टिभिसी सुट हुन्छ ।’ कुनै पनि नेपाली कलाकारले भारतको प्रोडक्टमा काम गर्न पाउनु सबै नेपाली कलाकारको लागि खुसीको खबर रहेको प्रियंकाले बताइन् । कोकाकोलापछि गुड डे बिस्कुटको एड गर्न मन थियो । यो पनि गर्न पाएँ । म जति को खुसी होला र ?

प्रियंकाले खेलेको टिभिसी एड नेपालसँगै दुबई, कतार अन्य देशमा रहेका नेपालीमाझ पनि प्रशारण हुनेछ । बहुराष्ट्रिय कम्पनीको नेपाल दुत भए बापत प्रियंकाले कति पारिश्रमिक पाइन् त ? ‘यो त दुई पक्षबिच हुने गोप्य सम्झौता हो’, प्रियंकाले भनिन्, ‘त्यसैले पारिश्रमिक त खुलाउन मिल्दैन ।’

तर बुझिए अनुसार गुड डे बिस्कुटको टिभिसी एड गरे वापत २० लाख भारु लिएकी छिन् । ईभेन्टमा सहभागी भए वापत उनले छुट्टै पारिश्रमिक पाउनेछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha