‘कोहलपुर एक्सप्रेस’ हेर्न करिश्मा र श्वेता (फोटो फिचर)

नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ अभिनेत्री करिश्मा मानन्धरले हेरेकी छन् । आइतबार हात्तिसारस्थित जय नेपाल हलमा केकीले बनाएको फिल्म हेरेपछि करिश्माले भनिन्, ‘फिल्म रमाईलो छ ।’ करिश्मा, केकी, प्रियंका र पवनकलीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

श्रीमान विनोद मानन्धर, छोरी कविता सहित ‘कोहलपुर एक्सप्रेस’ हेर्न पुगेकी करिश्माले केकीलाई राम्रो फिल्म बनाएकोमा बधाई पनि दिइन् । ‘फिल्म नयाँ किसिमको रैछ । मलाई चाहिं रमाईलो लाग्यो । अझै चलोस केकीलाई शुभ कामना छ ।’ पवनकली अर्थात् माम्पी घोषले पनि ‘कोहलपुर एक्सप्रेस’ राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘राम्रो छ हेर्न आउनु होला’, माम्पीले भनिन् ।

चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्देशक आकाश अधिकारीले ‘कोहलपुर एक्सप्रेस’ नसोचेको फिल्म रहेको प्रतिक्रिया दिए । ‘फिल्म भनेको मनोरञ्जनात्मक नै हुनुपर्छ । कोहलपुर एक्सप्रेस रमाईलो बनको छ ।’ कलाकार जितु नेपाललाई चाहि नायिका केकी अधिकारीको भूमिका मन परेछ । ‘सामान्य कथामा पनि अब्बल अभिनय र कमेडी पञ्चहरुले फिल्म राम्रो बनेको छ’ जितुले भने ।

प्रेस सहितको विशेष शोमा नायिका तथा निर्मात्री श्वेता खड्का, नायिका वेनिशा हमाल लगायत अन्य फिल्मकर्मी उपस्थित थिए । विशाल भण्डारीको डेव्यु निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’ मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, कशाग्र भट्टराई लगायतका अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha