‘हैरान’मा हिरो खोज्दै निश्मा (भिडियो)

जेठ ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ’हैरान’ को दोश्रो गीत रिलिज गरिएको छ । शिर्ष गीत र टिजर पछि फिल्मको तिम्रो हिरो बोलको गीत रिलिज गरिएको हो । भिडियो हेर्नुस् :

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल, पुस्कर रेग्मी र कोरियोग्राफर गोविन्द राईलाई पनि नृत्य देख्न सकिन्छ । राजन इशानको स्वर र संगीत रहेको गीतको ब्द कोरियोग्राफर गम्भिर विष्टले लेखेका हुन् ।

‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । फिल्ममा सत्यराज आचार्य, मोहमद वसिम राजा सरोज खनाल, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

डान्स फिवरको प्रस्तुती रहेको फिल्ममा सम्झना पोखरेल कार्यकारी निर्माताको रुपमा छिन् । यस्तै निर्मातामा मुक्ति घले, सृष्टि घिमिरे र डा.वाइएल लामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha