‘डमरुको डन्डीबियो’ सबैले हेर्न पाउने

प्रतिक्षित फिल्म ‘डमरुको डन्डीबियो’ चलचित्र जाँच पास समिति सेन्सर वोर्ड बाट पास भएको छ । खगेन्द्र लामिछाने स्टारर फिल्मलाई सेन्सर सदस्यले युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएका छन् ।

छेतेन गुरुङ निर्देशित फिल्म डमरुको डन्डीबियोलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् । फिल्मको लम्बाई २ घण्टा १९ मिनेटको छ । सेन्सर वोर्डबाट पाएको प्रतिक्रियाले आफु उत्साहित भएको निर्देशक गुरुङले बताए । ‘सेन्सर सदस्यबाट एकदम राम्रो प्रतिक्रिया पाएका छौं । आम दर्शकले पनि मन पराउनु हन्छ भन्ने आशा बढेको छ’, निर्देशक गुरुङले भने । लेखक क्षेतेनको यो डेव्यु निर्देशकिय फिल्म हो ।

विनोद गुरुङ र नोर्वु छिरिङ घले निर्मित फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, अशान्त शर्मा, लक्ष्मी बर्देवा, अंकित खड्का, इङ्गी होपो कोइच सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

हरी हुँमागाईंको छायाँकन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत छ । डमरुको डन्डीबियो यही शुक्रबार अर्थात बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने प्रतिक्षित फिल्म हो । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha