फ्लोरमा ‘डोली’

सामाजिक कथाबस्तुमा आधारित फिल्म डोलि को छायाँकन सुरु गरिएको छ । नुवाकोटको सुन्दर फिल्मको छायाँकन यसै सातादेखि सुरु भएको हो । नुवाकोट सहित फिल्मको छायाँकन रारा, जुम्ला र काठमाण्डौमा हुने निर्माता किरण नेपालीले बताएका छन् ।

राज बहादुर सानेको निर्देशन रहने फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुगं, भंगेरी डन, हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री तथा बिरने डिसी लगायतका कलाकारको अभिनय छ । फिल्ममा सिडी बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगीत दिएका छन् । कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् । फिल्मलाई जय राम थापाले खिच्दैछन् । डोलीको प्रदर्शन मिति भने असार २९ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha