‘घामपानी’ निर्देशकले खगेन्द्रलाई ‘गोपी’ बनाए

यसअघि घामपानी निर्देशन गरेको सञ्चारकर्मी तथा फिल्म समिक्षाक दीपेन्द्र लामाले दोश्रो फिल्म ‘गोपी’ निर्देशन गर्ने भएका छन् । बुधबार मात्रै औपचारिक घोषणा गरिएको गोपी मा अभिनेता खगेन्द्र लामिछाने शिर्ष भूमिकामा प्रस्तुत हुनेछन् ।

देशमै केही गर्छु भन्ने युवा पुस्ताको कथामा बन्न लागेको फिल्ममा खगेन्द्रसँगै सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको भदौ १ गतेबाट छायाँकन सुरु हुनेछ ।

आरोही केसी निर्माता रहेको गोपी का कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । पौडेल एक दशक भन्दा बढी समयदेखि फोटो पत्रकारितामा क्रियाशिल छन् भने हालै उनले मेरो फिल्म नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएका छन् । ‘गोपी’ मा सामिप्यराज तिमिल्सिनाको पटकथा, निर्देशक लामाको कथा र शैलेन्द्र डी कार्कीको छायांकन रहेनछ । सम्पादन निमेष श्रेष्ठले गर्नेछन् ।

‘बधशाला’ पछि खगेन्द्र पहिलो पटक अरुले लेखेको कथामा फिल्म खेल्न तयार भएका हुन् । राम्रो कथा भएकाले ‘गोपी’ खेल्न राजी भएको खगेन्द्रले प्रेसमिटमा बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha