पूर्णिमाको ‘हिरोज्’ बैशाख २८ देखि हलमा

पूर्णीमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज्’ बैशाख २८ मा प्रदर्शन हुने भएको छ । एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगीत गरियो । अब भने आफ्नो फिल्म बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएके जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् ।

एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा बनेको फिल्म राजनीति बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको बिषयमा बनेको छ ।

लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्मको निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा छन् । कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । पूर्णिमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

फिल्मको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् । निर्मात्रीका रुपमा समेत आफू सफल हुने बिश्वास पूर्णीमाको छ । पूर्णिमा अभिनीत रेलिमाइ र नेप्टे दर्शकमाझ आइसकेका छन् । हिरोज्सँगै सोही मितिमा गोपालचन्द्र लामीछाने निर्देशीत लम्फू प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha