मरिस्का भूलेर जिउन नसक्ने ‘लम्फू’ कविर (भिडियो)

बैशाख २८ गते रिलीज हुने फिल्म ’लम्फू’ को अर्को गीतको भिडियो रिलीज भएको छ । प्रमोद खरेलको स्वरमा ’तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् । भिडियो यस्तो छ :

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा फिल्मका प्रमुख दुई पात्र कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ्ग छन् । गीतमा लम्फु का दुई पात्र विछोडको पिडामा छन् ।  फिल्ममा यो गीत आउँदा दर्शक भावुक बन्ने निर्देशक गोपालचन्द्र लामिछानेले बताएका छन् । फिल्मले मिलन, विछोड, समाज, साथीत्व तथा परिवारको कथा प्रस्तुत गर्ने उनको भनाई छ । यो फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतार चढावको कथा समेटिएको छ । मानिससँग समय शत्रु भएपछि जीवनमा आउने घटनाक्रम यो फिल्ममा पाईने निर्माता शक्तिबल्दभ घोरासैनीले बताउँछन् ।

’लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, बाल कलाकार कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठको पनि अभिनय छ ।

पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको यो फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन र हरि सिलवालको सम्पादन छ । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतमा रामजी लामिछाने र शिव विकको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha