सविनको ‘हिरो रिटन्र्स’मा आँचल हिरोइन (भिडियो)

फिल्म ’हिरो रिटन्र्स’ को शिर्ष गीतको भिडियो सार्वजनिक गरिएको छ । फिल्मको प्रोमो चाँडै सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिने कार्यकारी निर्माता चन्द्र गौतमले बताए । सार्वजनिक गीतमा नायक सविन श्रेष्ठ र नायिका आँचल शर्मा प्रस्तुत छन् । भिडियो हेर्नुस् :

टंक बुढाथोकीको शब्द, स्वर तथा संगीत रहेको गीतमा गायिका मनिषा पोखरेललाई मनिषा पोखरेलले स्वरमा साथ दिएकी छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । सम्पादन मित्र डि. गुरुङको । आशिष भेटवालको निर्देशनमा बनेको फिल्मलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन् । भिमसँगै अमित श्रेष्ठ निर्माता रहेको फिल्ममा टंकसँगै दीपक शर्माको संगीत छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मलाई हेटौंडा र काठमाडौं खिचिएको छ । नायक सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा नायिका रेखा थापा शिर्ष भूमिकामा प्रस्तुत भएकी छन ।

रेखा र सविनसँगै हिरो रिटन्र्स मा दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha