केकीको ‘कोहलपुर एक्सप्रेस’ करोड क्लबमा !

फिल्म ‘कोहलपुर एक्सप्रेस’ ले पहिलो साता एक करोडको ग्रस कलेक्सन गरेको नायिका तथा निर्मात्री केकी अधिकारीले जानकारी दिएकी छन् । फिल्म सफल भएको भन्दै केकीले टिमसँग केक समेत काटिन् ।


‘फिल्मले एक करोड कमाएको छ’, बिहिबार स्टेशन फाइभमा केक काट्दै केकीले भनिन्, ‘यो हिजोसम्म (बुधबार) को मात्रै रिपोर्ट हो । दर्शकले दिएको यो मायाप्रति हाम्रो टिम आभारी छ ।’ पहिलो पटक फिल्म निर्माण गरेकी केकीले कोहलपुर एक्सप्रेस बाट आफु धेरै कुरामा सचेत समेत भएको बताइन् ।

‘सिमित शोजबाट सुरु भएको हाम्रो फिल्म अहिलेसम्म पनि हाउसफूल भैरहेको छ’, केकीले भनिन्, ‘यसको श्रेय चाहिं दर्शक र सञ्चारकर्मीलाई दिन चाहान्छु । ‘कोहलपुर एक्सप्रेस’ प्रति मिडियामा आएका समिक्षालाई केकीले स्विकार गरिन् । ‘हामीमा धेरै कमी कमजोरी थिए र छन् । यसलाई सुधार्दै लैजाने प्रतिवद्धता गर्दछु’, केकीले भनिन्, ‘यो फिल्मले मलाई धेरै कुरामा सचेत पनि गराएको छ । पहिलो प्रयासमा जे जस्तो भएपनि मलाई सहयोग गर्नु भएको छ । दोश्रो प्रोजेक्टमा पनि यस्तै भयो भने चाहिं मलाई लठ्ठीले हान्नुस् ।’

यस्तै फिल्मका मुख्य दुई पात्रहरु नायिका प्रियंका कार्की र ऋचा शर्माले महिला केन्द्रित फिल्मलाई दर्शकले माया गरिदिएकोमा खुसी व्यक्त गरे । निर्देशक विशाल भण्डारीले सबैप्रति आभार व्यक्त गरे । छायाँकार अर्जुन तिवारी, कलाकार विनोद न्यौपाने र कुशाग्र भट्टराईले फिल्मप्रति दर्शकले देखाएको मायाले आफुलाई खुसी दिएको बताए । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’ बैशाख २१ गतेदेखि दोश्रो सातामा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha