फ्राइडे रिलिज : ‘डमरुको डन्डीबियो’ भर्सेस ‘भोर’

प्रतिक्षित फिल्म ‘डमरुको डन्डीबियो’ यो शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आएको छ । खगेन्द्र लामिछाने स्टारर यो फिल्मसँगै बैशाख २१ गते देखि नै अर्को फिल्म ‘भोर’ पनि प्रदर्शनमा आएको छ । यी दुई फिल्मबारे छोटकरीमा चर्चा गरौं :


‘डमरुको डन्डीबियो’
यो फिल्म मुख्यतः नेपालको पुर्व राष्ट्रिय खेल डन्डीबियोसँग सम्बन्धित छ । क्षेतेन गुरुंगको डेव्यु निर्देशन रहेको फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधानल, अंकित खड्का, अशान्त शर्मा लक्ष्मी बर्देवा लगायतको अभिनय छ । फिल्मको शिर्ष गीत र प्रोमोले दर्शकको ध्यान तानेको छ । अंकित र लक्ष्मीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘भोर’
‘झोला’ टिमले बनाएको फिल्म ‘भोर’ तराईमा व्याप्त दाइजो प्रथासँग जोडिएको छ । कृष्ण धारावासाीको कथा रहेको ‘भोर’मा रामनारायण ठाकुर, अनितारतानी मण्डल, प्रमेश झा, मदन ठाकुर, विष्णुकन्त झा लगायतको अभिनय छ । भोर लाई ‘झोला’कै निर्देशक यादव भट्टराईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha