‘डमरुको डन्डीबियो’ मन पर्यो : विशेष शो प्रतिक्रिया

शुक्रबार गरिएको विशेष शोमा फिल्म ‘डमरुको डन्डीबियो’ लाई रुचाइएको छ । क्षेतेन गुरुंगको डेव्यु निर्देशन रहेको फिल्मको विषय वस्तुलाई नै विशेष शोमा सहभागीले रुचाए । भिडियो हेर्नुस् :

‘फिल्म मलाई साह्रै मन छोयो’, फिल्म हेरेपछि निर्देशक तथा नायिका झरना थापाले भनिन्, ‘डन्डी बियोलाई राष्ट्रिय खेलबाट हटाएको छ । यो फिल्म हेरेपछि किन हटाएको होला भन्ने लाग्यो ।’ ‘फिल्म जुन कन्टेन्मा बनेको छ’, राम्रो कन्टेन्टमा बनेको छ, क्याप्टेन निर्देशक दिवाकर भट्टराईले ‘डमरुको डन्डीबियो’ हेरेपछि आफ्नो प्रतिक्रिया दिए ।

‘सबैले राम्रो काम गर्नु भएको छ । डमरुको डन्डीबियो टिमलाई बधाई छ । फिल्म मलाई एकदम राम्रो लाग्यो’, अभिनेता प्रशान्त ताम्रकारले भने । यता मिडियाकर्मी तथा स्क्रिप्ट राईटर बज्रेश खनालले फिल्मको कथावस्तु र प्रस्तुतीकरण मन परेको बताए । ‘डन्डीबियो खेल यति धेरै रोचक हुन सक्छ भन्ने मलाई लागेको थिएन, उनले भने, एउटा अर्गानिक विषयमा राम्रो फिल्म बनेको छ ।’


अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामागं, अशान्त शर्मा, लक्ष्मी वर्देवा, अंकित खड्का लगायतको अभिनय छ । हरी हुँमागाईंको छायाँकन रहेको फिल्मलाई विनोद गुरुगं र नोर्वु छिरिगं घलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha