तर्साउने ‘सुनकेशरी’को रोमान्टिक गीत रिलिज

हरर फिल्म ‘सुनकेशरी’को रोमान्टिक गीत रिलिज भएको छ । कालिप्रसाद बाँँस्कोटाको मायाले छोइ बोलको गीतको भिडियोमा सन्नी ढकाल र लउरेन फिचरिगं छन् । गीतमा स्वर सनुप पौडेलको छ । गीतको भिडियो हेर्नुस् :

अर्पण थापा निर्देशित फिल्म सुनकेशरी मा सन्नी र लउरेनसँगै ऋचा शर्मा, रविन्द्र झा को अभिनय छ । निर्माणमा भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले सहकार्य गरेका छन् । सुनकेशरी जेठ ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको कथा निर्देशक थापाकै हो ।

नेपालमा हरर जनराको फिल्म कम बन्ने गरेका छन् । यस्तो फिल्म हेर्ने दर्शक सिमित छन् । सिमित दर्शक भएको नेपाली फिल्मी बजारमा ‘सुनकेशरी’ले कस्तो व्यापार गर्ला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha