‘डमरुको डन्डीबियो दर्शकलाई मन पर्यो’ (भिडियो सहित)

शनिबार ‘डमरुको डन्डीबियो’ टिम दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका हल हलमा पुगेको छ । फिल्मको मुख्य पात्र खगेन्द्र लामिछाने, अनुप बराल, निर्माता विनोद गुरुगं लगायतको टिमले हलमा गएर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिए । भिडियो हेर्नुस् :

यस्तै दर्शकले ‘डमरुको डन्डीबियो’लाई मन पराएको लेखक समेत रहेका अभिनेता लामिछानेले बताए । ‘दर्शकले तपाईंको फिल्म नयाँ नयाँ हुन्छन् भन्दा खुसी लाग्यो’, खगेन्द्रले भने, ‘यसमा पनि केही चिज नयाँ गरेको रैछु भन्ने लाग्यो ।’ फिल्मलाई लिएर मिडियामा आएको समिक्षाप्रति पनि आफ्नो गुनासो नरहेको खगेन्द्रले बताए ।

‘सबै व्यक्तिको आ-आफ्नो दृष्टिकोण हुन्छ । समिक्षकको पनि आफ्नो दृष्टिकोण हुन्छ । त्यसमा हाम्रो भन्नु केही पनि छैन । यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो’, खगेन्द्रको भनाई छ । डन्डीबियो खेल सम्बन्धी बनाएको मौलिक फिल्मलाई दर्शकले रुचाइदिएकोमा अभिनेता अनुप बरालले खुसी व्यक्त गरे । ‘एउटा मौलिक फिल्ममा आफु जोडिन पाएकोमा हामी खुसी छौं’, बरालले भने ।

छेतेन गुरुगंको डेव्यु निर्देशन रहेको फिल्म ‘डमरुको डन्डीबियो’ मा खगेन्द्र र अनुपसँगै मेनुका प्रधान, बुद्धि तामागं, आशान्त शर्मा, लक्ष्मी वर्देवा, अंकित खड्का लगायतको अभिनय छ । हरी हुँमागाईंले फिल्म खिचेका हुन् भने संगीत कालिप्रसाद बाँस्कोटाको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha