‘रणवीर’ छायाँकन स्थलबाट बाहिरिए यस्ता तस्बिरहरु

फिल्म ’रणवीर’ को छायाँकन स्थलबाट केही तस्बिरहरु बाहिरिएका छन् । फिल्मको यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थलमा भईरहेको छ । झन्डै ६५ दिनको उपत्यकामा छायाँकन सकिएपछी निर्माण युनिट त्यतातिर पुगेको हो ।

झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायाँकन गर्ने निर्माण युनिटले जनाएको छ । फिल्मले महेन्द्रनगरको छायाँकन लगभग सकाएको छ भने धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन अझै बाँकी छ । फिल्मका कलाकार सुशील सिटौला, सुपुष्पा भट्ट, हरिहर शर्मा, जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । फिल्ममा प्रशान्त ताम्राकार , सुशील सिटौला , सुपुष्पा भट्ट , टिका पहाडी , रवी गिरी , नरेश पौडेल , हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ ।

यसै फिल्म मार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दैछिन् । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् । फिल्म युनिटले छायाँकन सेटबाट केहि तस्वीर पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha