लण्डनमा बक्स अफिस अवार्ड : नाम थियो यति, को को गए सेलिव्रेटी ?

 

शनिबार आयोजना हुने बक्स अफिस अवार्डका लागि केही कलाकारहरु बिहिबार र शुक्रबार लण्डनमा उडेका छन् । लण्डन उड्नेमा करिश्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अनुप विक्रम शाही, बर्षा सिवाकोटी लगायत मात्रै नाम चलेका सेलिव्रेटीहरु छन्, बाँकी को को छन् ? खोज्नु पर्ने हुन्छ ।


चलचित्र पत्रकार आरके सुवेदीको संयोजकत्वमा आयोजना भएको अवार्डमा केही नाम चलेका कलाकारहरु मात्रै लण्डन उडेपनि अवार्डको पोस्टरमा भने दर्जन बढी नाम चलेका कलाकारहरुको फोटो थियो । जसमा भुवन केसी, शिव श्रेष्ठ, श्वेता खड्का, दयाहाङ राई, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, अनमोल केसी लगायको फोटो छ । यी नाम मध्ये एक जना पनि सेलिव्रेटी अवार्डका लागि लण्डन उडेका छैनन् । ब्यानरमा फोटो राखिएका कलाकारहरु नहुँदा टिकट काटेका दर्शकले कस्तो मान्लान् ? सिमित कलाकार मात्रै सहभागी भएको अवार्ड कार्यक्रम कस्तो होला ? के यस प्रकारले विदेशमा आयोजना गरिएका अवार्डले नेपाली फिल्मको प्रवद्र्धनमा सहयोग पुर्याउँला ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha