कान्छा निर्देशक विष्टले ‘हैरान’ ट्रेलर यस्तो बनाए

विश्वका कान्छा नेपाली निर्देशक सौगात विष्ट निर्देशित दोश्रो फिल्म ‘हैरान’ को प्रोमो सार्वजनिक गरिएको छ । जेठ ४ गतेदेखि प्रदर्शनमा आउने ‘हैरान’को टिजर पछि ट्रेलर सार्वजनिक गरिएको हो । प्रोमो यस्तो बनेको छ :

डान्स फिवरको प्रस्तुती रहेको ‘हैरान’ मा सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामागं, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, एञ्जल राई र आरोही शर्माको अभिनय छ । यस्तै विशेष भूमिकामा निर्मल शर्मा र गोविन्द राई प्रस्तुत भएका छन् ।

निरज कंडेलको छायाँकन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । निर्देशक विष्टले यसअघि लभ यू बाबा नामक फिल्म निर्देशन गरेर गिनिज बुक अफ द् वल्र्ड रेकर्डस्मा नाम लेखाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha