धमला पत्नीको ‘अनुराग’ जेठबाट साउनमा सर्यो

ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यही जेठ ११ गते आउने भनिएको यो फिल्म अब साउन २५ देखि मात्रै प्रदर्शन हुनेछ ।

‘अरु फिल्म पनि भए । फेरी काम पनि सकिएन, त्यसैले जेठ ११ बाट सरेका हौं’, निर्देशक सत्यराज चौलागाईंले भने, ‘साउन २५ मा चाहिं ‘अनुराग’ प्रदर्शन हुने पक्का मिति हो । यो मितिबाट चाहिं हामी सर्दैनौं।’ साँगीतिक लभ स्टोरी फिल्ममा धमला पत्नी गौतम र नव नायक समुन्द्र पण्डितको मुख्य भूमिका छ । ऋषि धमला र पत्नी गौतमसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् : 

दुई वटा गीतहरु सार्वजनिक भैसकेको ‘अनुराग’ को यतिबेला पोष्ट भैरहेको छ । धमला पत्नी आमा बनेपछि फिल्म खेल्न तम्सिएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha