नेपाल आएकी करिश्मा कपुरका तीन तस्बिर

सुन पसलको उद्घाटन गर्न बलिउड अभिनेत्री करिश्मा कपुर नेपाल आएकी छन् । उनले सोमबार मध्यान्ह् दरबारमार्गमा रहेको मेरिगोल्ड ‘सयपत्री’ ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् ।


करिश्मा बिहान ८ बजे नेपाल ल्याण्ड भएपनि सुन पसलको कार्यक्रममा भने ढिला गरी पुगेकी थिइन् । कार्यक्रम १० बजे राखिएको थियो तर उनी करिब १२ बजे जसो पुगेकी थिइन् ।

करिश्मासँगै सुन पसल  उद्घाटन गर्न नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि थिइन् । महंगो पारिश्रमिकमा करिश्मा नेपाल आएको बुझिएको छ । तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha