‘झमक बहादुर’ को कमेडी प्रोमो रिलिज

साउन १८ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म ‘झमक बहादुर’ को प्रोमो लञ्च गरिएको छ । सोमबार प्रेसमिट गर्दै यो कमेडी फिल्मको प्रोमो लञ्च गरिएको हो । २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलर हेर्नुस् :

भोमन कटुवाल निर्देशित फिल्ममा अनुपबिक्रम शाही, यादव देवकोटा (सरापे ), राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता प्रसाद श्रेष्ठ लगायतको अभिनय छ ।

रञ्जित गजमेरको संगीत, अनिलकुमार महर्जनको सम्पादन, राजु किंरातको एक्सन, कल्याण अधिकारीको कथा, राजेन भुजेलको संवाद छ । दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा ‘झमक बहादुर’ लाई मिनकुमार तामाङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha