‘कुम्भ करण’ को अष्ट्रेलिया राइट्स बिक्री

’कुम्भ कारण’ को अष्ट्रेलिया रिलिज राइट्स बिक्रि भएको छ । फिल्म निर्माण कम्पनी आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । १२ लाखमा कुम्भ करणको अष्ट्रेलियाको कपी राइट्स बिक्री भएको दाबी छ ।

कुम्भ करण नेपाल असार ८ गतेदेखि लाग्दैछ । अष्ट्रेलियामा पनि यही मितिमा लाग्ने बताइएको छ । दीपक ओली निर्देशित फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । टिजर :

कार्यकारी निर्माताको रुपमा रोम ओली र चुपनिधि रिजाल (अरुण) छन् भने लाइन प्रोड्युसमा सरिता गिरी रहेकी छिन् ।
कुम्भ करण को टिजर र ’कुटु कुटु यो मुटु खाने भो’ बोलको लोक लयको गीत रिलिज भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha