झरना र सुनिललाई जोडी पाउनै धौ धौ !

फिल्म ‘ए मेरो हजुर ३’ मा नयाँ जोडी भित्रिने भएको छ । ‘ए मेरो हजुर २’ को जोडी साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बनियाँको विकल्पमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थाया नयाँ अनुहारतिर लागेका हुन् ।

उसो त ‘ए मेरो हजुर ३’ मा प्रदीप खड्का र अनमोल केसीको पनि चर्चा नभएको होइन । ‘ए मेरो हजुर २’ रिलिज भए लगत्तै झरना र सुनिल ५० लाखको प्रस्ताव लिएर अनमोल कहाँ पुगेको चर्चा बाहिरिएको थियो । तर यो चर्चा सत्य नरहेको झरनाले बताएकी थिइन् । यस्तै निर्माता सुनिल कुमार थापा ‘ए मेरो हजुर ३’ को लागि प्रदीप कहाँ पुगेको खबर छ ।

अन्य फिल्ममा व्यस्त भएका कारण अनमोल र प्रदीप ‘ए मेरो हजुर ३’ मा रहने सम्भावना निकै न्युन देखिन्छ । अनमोल र प्रदीपलाई ‘ए मेरो हजुर २’ मा पनि फिल्म खेल्ने प्रस्ताव गरिएको थियो । प्रदीप र अनमोल नभएपछि ‘ए मेरो हजुर २’ मा सलिनमान भित्रिएका थिए ।

नायिकाको रुपमा भने ‘ए मेरो हजुर ३’ मा थापा दम्पत्तीकी आफ्नै छोरी सुहानाको नाम चर्चामा आएको थियो । तर पढाइ चल्दै गरेकाले सुहानाले तत्काल फिल्म नखेल्ने झरना र सुनिलले बताएका छन् । सुपरहिट ‘ए मेरो हजुर’ को तेश्रो सिरिजमा कसको ईन्ट्री होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha