तरकारीवालीले तान्लिन् दर्शक ?

तरकारी बोकेको तस्बिर सार्वजनिक भएपछि एकाएक चर्चामा आएकी युवती हुन्, कुशुम श्रेष्ठ । एक समय कुशुम तरकारिवालीको नामले मिडियामा खुबै छाइन् । भाइरल भएकी यिनै तरकारीवाली फिल्ममा समेत देखा परेकी छिन् ।

तरकारीवाली उर्फ कुशुम श्रेष्ठको छोटो रोल रहेको फिल्म ‘लम्फू’  यही शुक्रबार, बैशाख २८ गते रिलिज हुँदैछ । फिल्म रिलिजको बेला तरकारीवाली भने जाँच दिइरहेकी छिन् । यसकारण उनी फिल्मको प्रचार प्रसारमा सहभागी हुन पाइरहेकी छिन् ।

‘लम्फू’ छायाँकन सुरु भएदेखि नै तरकारीवालीको नाममा चर्चा भैरहेको छ । तरकारीवालीको नाममा कति दर्शक हलमा आउलान् त ? शुक्रबार सम्म प्रतिक्षा गरौं । तर फिल्ममा उनको भूमिका लामो नरहेको निर्माण टिमले स्पष्ट पारिसकेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’ मा मरिस्का पोखरेल, कविर खड्का र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । फिल्मलाई शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha