यसकारण पर सर्यो ‘छक्का पञ्जा ३’ को छायाँकन

‘छक्का पञ्जा ३’ को छायाँकन गत सातादेखि नै सुरु गर्ने तयारी थियो । निर्देशक दिपाश्री निरौलाले छायाँकन सुरु गर्न सबै चाँजोपाँजो मिलाइसकेकी थिइन् । तर केही दिन अगाडी मात्रै दिपाश्रीले छायाँकन सरेको जानकारी टिम र मिडियालाई दिइन् । आखिर किन त ?

‘स्क्रिप्टको अलिकति काम बाँकी भयो’, छायाँकन सर्नुको कारणबारे निर्देशक निरौलाले भनिन्, ‘छायाँकन सुरु गर्न त सकिन्थ्यो तर ढुक्कले काम गरौं भनेर एक सातालाई पर सारेका हौं ।’ अब कहिले हुन्छ त छायाँकन ? ‘बैशाख २८ गते मुर्हत गरेर सुटिङ पनि सुरु गर्छौं ।’ गएका फिल्महरुमा झैं ‘छक्का पञ्जा ३’ को पनि सुर्य विनायक मन्दिरमा मुर्हत हुनेछ ।यो रमाईलो कुराकानी पनि हेर्नुस् :

दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ मा नायिका दीपिका प्रसाईं लिड हिरोइनमा फाइनल भएकी छन् भने दिपकराज, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की र बुद्धि तामाङ यथावत छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्ममा दीपक शर्मा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्मको प्रदर्शन मिति भने दशैंलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha