फिल्म निर्माण र अभिनयमा श्वेताको विश्राम !

फिल्म निर्माण र अभिनयबाट श्वेता खड्काले केही समय बिश्राम लिने भएकी छिन् । माझी बस्ती निर्माण र ईन्टेरियारमा व्यस्त हुँदा श्वेताले फिल्मलाई समय दिन नभ्याउने भएकी हुन् ।

‘जसरी भएपनि दुई महिनामा माझी बस्ती बनाइसक्नु पर्नेछ’, श्वेताले सुनाइन्, ‘कान्छीको रिलिज र बजेट अभावले बस्ती बनिरहेको थिएन । अब चाहिं जोडतोडले लागिरहेको छु ।’ फिल्मले गर्दा रोकिएको ईन्टेरियरको काम पनि सुरु गरेको श्वेताले सुरु गरेकी छन् । ‘अब दुई दुई वटा काम लिएपछि फिल्म त गर्नै पाइएन नि’, श्वेताले भनिन् । फिल्मबाट कति समयका लागि श्वेताले लेलिन् त विश्राम ? श्वेतासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘सबै काम सक्दा त एक वर्ष नै लाग्छ होला । त्यसपछि चाहिं फिल्मबारे सोच्ने फुर्सद होला’, उनले भनिन् । तर यो विचमा उनले नयाँ फिल्मको कथा चयन र टिम भने बनाउँनेछिन् । ‘कोहिनूर’ पछि गत साल श्वेता ‘कान्छी’ मार्फत कमब्याक भएकी थिइन्, जुन फिल्मबाट उनलाई सफलता हात पर्यो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha