एपीएफको जर्सीमा ‘क्याप्टेन’ अनमोल

इलामपछि अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को दमकमा छायाँकन गरिएको छ । मंगलबार शशष्त्र प्रहरी क्लव (एपीएफ) को जर्सी लगाएर अनमोल मैदानमा उत्रिएका थिए । अन्य खेलाडीसँगै ११ नम्बरको जर्सी मैदानमा उत्रिएका अनमोललाई वरपरका दर्शकले साँच्चै एपीएफका खेलाडी ठानेका थिए ।

मैदानमा अनमोलसँगै थिए कलाकार विल्सन विक्रम राई ८ नम्बर जर्सीमा थिए । विल्सन फिल्ममा अनमोलको टिम क्याप्टेनको भूमिकामा प्रस्तुत भएका छन् । यस्तै मैदानमा कलाकार सुनिल थापालाई पनि देखियो । पाकादेखि युवा स्टार लाई खेल मैदानमा देख्दा दर्शक उत्साहित थिए । केही बेरको छायाँकन पछि अनमोल सहित सबै कलाकार मैदान बाहिर निस्किए ।

भुवन केसीको निर्माणमा दिवाकर भट्टराईले निर्देशन गरिहेको फिल्म क्याप्टेन मा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत भैरहेका छन् । गएको सातादेखि ‘क्याप्टेन’ को फुटबलको सम्बन्धीे सानातिनो दृश्यको छायाँकन भैरहेको छ ।

‘क्याप्टेन’ मा अनमोलको अपोजिटमा उपसना सिंह ठकुरी र प्रियंका एमभी प्रस्तुत भएका छन् । फिल्ममा अभिनेता प्रशान्त ताम्रकारको पनि ईन्ट्री छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha