निर्देशक निलु डोल्मा शेर्पाको हृदयघातका कारण निधन

निर्देशक निलु डोल्मा शेर्पाको हृदयघातका कारण निधन भएको छ । शनिबार मध्यान्ह् बालुवाटार निवासमा निर्देशक डोल्माको हृदयघात भएको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । निर्देशक शेर्पाको पार्थिव शरीरलाई हाल महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ ।


निर्देशक डोल्माले फिल्म हाउ फन्नी निर्देशन गरेकी थिइन् । निर्देशक शेर्पाको असमायिक निधनले सिङ्गो फिल्म क्षेत्र स्तब्ध भएको छ । उनको मृत आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha