दीपा र दीपिकालाई छेउमा राखेर सुटिङमा दीपक

दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ को छायाँकन शुक्रबारदेखि सुरु भएको छ । बैशाख २८ गते बिहान भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजाआजा गर्दै सोही ठाउँको वरपरबाट छायाँकन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठ कलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष दिए ।

‘छक्का पञ्जा ३’ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । ‘४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं’, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, ‘दर्शकले चुनौती थपिदिनु भएको छ । टिम मिलेर राम्रो फिल्म बनाउने प्रयास गर्छौं ।’

यता अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले ‘छक्का पञ्जा ३’ मा नायिका दीपिका प्रसाईंको आगमन बारे प्रष्ट्याए । ‘कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएको हो’, दीपकले भने, ‘दर्शकले पनि ‘छक्का पञ्जा ३’ मा नयाँ जोडी हेर्न चाहिरहनु भएको थियो ।’ ‘छक्का पञ्जा’ टिमसँग काम गर्न पाउँदा ‘ऐश्वर्य’ डेव्यु नायिका दीपिका पनि दंग देखिइन् ।

‘यो टिमसँग काम गर्न पाउँनु मेरो लागि ठुलो कुरा हो’, दीपिकाले भनिन्, ‘म माथि विश्वास गरिदिनु भएकोमा दिपक दाई र दीपा दिदीप्रति आभारी छु ।’ यस्तै ‘मंगलम’मा दर्शक रुवाएका नायक पुष्प खड्काले ‘छक्का पञ्जा ३’ मा दर्शक हसाउँने बताए । दीपिकासँगै पुष्पको पनि ‘छक्का पञ्जा ३’ आगमन भएको हो ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुती रहेको फिल्म ‘छक्का पञ्जा ३’ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ भने छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।

‘छक्का पञ्जा ३’ को कथा दिपकराज गिरीको हो । संवाद लेखनमा दिपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेका छन् । फिल्मलाई दशैंमा रिलिज गर्ने निर्माण टिमको घोषणा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha