‘शत्रुगते’ ले ५१ दिन मनायो, जान्नुस् कति कमायो ?

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको फिल्म ‘शत्रुगते’ले गौरवमय ५१ दिन मनाएको छ । राजधानीका आधा दर्जन भन्दा बढी हलहरुमा फिल्मले शनिबार प्रदर्शनको एकाउन्न दिन पुरा गरेको हो ।

प्रदीप भट्टराई निर्देशित शत्रुगते ले राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराही लगायत हलहरुमा प्रदर्शनको ५१ दिन पुरा गरेको हो । लामो समयपछि नेपाली फिल्मा वृत्तमा प्रदर्शनको गौरवमय ५१ दिन मनाएको शत्रुगतेले व्यापार चाहिं कति गर्यो त ?

निर्माता किरण केसीले फिल्मले गरेको व्यापार सार्वजनिक नगर्ने बताए । तर ‘शत्रुगते’को कुल कलेक्सन १३ करोड ग्रस कलेक्सन पुग्ने हिसाब हलवाला र वितरकको छ । यसर्थ शत्रुगते ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ पछि सर्वाधिक ग्रस कलेक्सन गर्ने तेश्रो फिल्म बन्न सफल भएको छ ।

फिल्मले गौरवमय ५१ दिन पुरा गरेको खुसीयालीमा शनिबार ललितपुरस्थित इमाडोलमा रात्री भोज गर्दै टिमले खुसीयाली बाँड्यो । त्यहाँ फिल्मका कलाकार, प्राविधिक, हल सञ्चालक, वितरक र सञ्चारकर्मीलाई ट्रफी तथा सम्मान पत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य थिए ।

कार्यक्रममा बसुन्धरा भूषाल, शिवहरी पौडेल, रमेश रञ्जन झा, प्रियंका कार्की, आँचल शर्मा लगायत उपस्थित थिए । छक्का पञ्जा ३ को छायाँकनका कारण दिपकराज गिरी र दीपाश्री निरौला भने उपस्थित हुन सकेनन् । नायक पल शाह पनि राजधानी भन्दा बाहिर भएका कारण कार्यक्रममा आएनन् । अभिनेता दीलिप रायमाझीले ‘रुपै मोहनी’ गीतमा आकर्षक नाचेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha