प्रेश शोमा मरिस्का र ‘लम्फू’ को प्रेम !

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘लम्फू’ को आइतबार प्रेश शो गरिएको छ । प्रेश शोमा नायिका मरिस्का पोखरेल र नव नायक अविर खड्का मिडियाको नजरमा परे ।

‘लम्फू’ डेव्यु नायक खड्काले नायिका पोखरेलसँग विभिन्न पोजमा तस्बिर खिचाए । फोटा पत्रकार सामु उनीहरुले खुलेर पोज दिए । उसो त वर्कसपदेखि फिल्म रिलिजसम्म कविर र मरिस्का घनिष्ठ भैसकेका छन् । उनीहरु एक अर्काको खुलेरै तारिफ गर्ने गर्दछन् ।

गोपालचन्द्र लामिछाने निर्देशित लम्फू मा मरिस्का र कविरसँगै नायक सलोन बस्नेत, नायिका चाँदनी शर्मा र कुशुम श्रेष्ठ उर्फ तरकारीवालीको पनि अभिनय छ । आइतबारको प्रेस शोमा तरकारीवाली भने उपस्थित थिइनन् ।

शक्तिबल्लभ घोरासैनीको निर्माण रहेको लम्फू को ओपनिगं आक्रमक भने हुन सकेन । प्रेस शोमा फिल्मले मिश्रित प्रतिक्रिया पायो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha