सेयर बाँडफाँडमा सहमती, आन्दोलनका कार्यक्रम फिर्ता

निर्माता र हल सञ्चालकबिच सेयर बाँडफाँडमा सहमती भएको छ । सेयर बाँडफाँडमा सहमती भएसँगै निर्माताहरुले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका छन् ।

निर्माताहरुको छाता संगठन निर्माता संघ र हल सञ्चालकको छाता संगठन चलचित्र संघको वार्ता टोलीबिच आइतबार अबेर सेयर बाँडफाँडमा सहमती भएको हो । सहमती भएसँगै दुई संघले सोमबार दिउँसो २ बजे संयुक्त रुपमा प्रेसमिट गर्दै सहमती बारे जानकारी गराउने कार्यक्रम राखेका छन् ।

बुझिएअनुसार निर्माताले अब सिंगल थिएटरबाट ५० प्रतिशत सेयर पाउने सहमती भएको छ । यस्तै मल्टीप्लेक्स हलबाट पहिलो साता ५०, दोश्रो साता ४५, तेस्रो सातामा ४० र त्यसपछि ३५ प्रतिशत सेयर पाउने सहमती भएको छ । यस्तै निर्माताले दुई सातासम्म हलमा निःशुल्क ट्रेलर बजाउन, पोस्टर, ब्यानर, स्ट्यान्डी राख्न पाइने पनि सहमती भएको छ ।

बाँकी सहमती भने प्रेसमिटमा जानकारी गराइनेछ । विशालनगरमा रहेको चलचित्र संघमा आज दिउँसो दुई बजे प्रेसमिट छ । सेयर बाँडफाँडमा सहमती नभए जेठ दुई गतेदेखि हल बन्द गरेर आन्दोलनमा उत्रिने निर्माताहरुले घोषणा गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha