करिश्माकी छोरीको शिव श्रेष्ठको फिल्मबाट डेव्यु

सदबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले फिचर फिल्ममा डेव्यु गरेकी छन् । अभिनेता शिव श्रेष्ठले निर्माण गर्दै गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा करिश्मा छोरी कविता शिवका छोरा शक्ति श्रेष्ठको अपोजिटमा प्रस्तुत हुनेछन् ।

‘करिश्माले म माथि विश्वास गरिन्’, आफ्नो फिल्ममा कविताको ईन्ट्रीबारे शिवले भने, ‘एउटा कलाकारले अर्को कलाकारको मर्कालाई बुझ्छ । करिश्माले मेरो मर्कालाई बुझेर छोरीलाई हाम्रो टिममा सुम्पिएकी हुन् ।’ उसो त करिश्मा आफ्नै फिल्मबाट छोरीलाई डेव्यु गराउने सोचमा थिइन् । तर शिवको आग्रहलाई उनले अस्विकार गर्न सकिनन् । ‘शिव दाईको फिल्म भनेपछि नाईं भन्नै सकिन्’, करिश्माले भनिन् ।

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव स्वयम पनि अभिनय गर्दैछन् । फिल्मलाई दीपेश सापकोटाले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha