सन्तोष र पूजाको प्रेमलाई पिजी प्रमाण पत्र

जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यु’ सेन्सर पास भएको छ । १६ वर्ष भन्दा कम उमेर समुहका दर्शकले यो फिल्मलाई अभिभावकको साथमा हेर्नुपर्नेछ । फिल्मले पिजी प्रमाणपत्र पाएको हो ।


फिल्ममा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाण पत्र दिएको निर्माता शिव न्यौपानेले बताए । ‘सेन्सर सदस्यले फिल्म राम्रो भन्नु भयो’, निर्माता न्यौपानेले भने । जनक पाण्डे निर्देशित फिल्म ‘बेबी आइ लभ यु’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।

सन्तोष र पूजासँगै ‘बेबी आइ लभ यु’ मा अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा नायक खड्काले नै लेखेका हुन् । सन्तोष पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha