दुवईमा ‘हेटौँडा जर्नालिजम अवार्ड’ हुने

मकवानपुरमा संचार क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवईमा हुने भएको छ । न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।

कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा अवार्ड वितरण गरिनुका साथै दुई जना पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने बताए । उनका अुनसार मकवानपुरबाट उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, सामाजिक पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता बर्ष अवार्ड, सञ्चार उद्यमी बर्ष अवार्ड र बजार व्यवस्थापक बर्ष अवार्ड प्रदान गरिनेछ ।

२०७४ साल भित्र गरिएका कार्यका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहनेछन् ।मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले बताए । कार्यक्रमका लागि ३ नम्बर प्रदेश युएईको तर्फबाट स्थानीय आयोजकको रुपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीको समन्वय रहने र नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएईले सहयोग गर्ने कार्यक्रम निर्देशक गौतमले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha