शिव र करिश्माका छोरा-छोरीको लञ्च यसरी भयो

सेलिव्रेटी सन्तान शक्ति श्रेष्ठ र कविता मानन्धर फिल्म खेल्ने खबरको औपचारिक घोषणा गरिएको छ । मंगलबार प्रेसमिट गर्दै फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरी रहने औपचारिक जानकारी गराइएको हो ।

छोरीको डेव्यु फिल्म राम्रो हुने आशा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले राखिन् । ‘आज मेरो लागि अचम्म र खुसी लाग्दो दिन हो’, करिश्माले भनिन्, ‘म जुन क्षेत्रमा हुर्कें बढें, त्यही क्षेत्रमा कवुले हात हालेको छ । अझ शिव दाईको फिल्मबाट छोरीले यो अवसर पाउँदा आफुलाई भाग्मानी ठान्दछु ।’

यता दर्शकमाझ ठुल्दाई नामले परिचित अभिनेता शिव श्रेष्ठले आफ्नो छोराको चाहना बमोजिम फिल्ममा लिएको र करिश्मा छोरी कवितालाई टिमले रोजेको बताए । ‘शक्तिले जहिल्यै ड्याडी म हिरो कहिले बन्ने भनेर सोध्यो ? मैंले समय आउँछ भन्थें । समय आएर नै उसलाई हिरो बनाएको हुँ’, उनले थपे, ‘कविता छोरीलाई चाहिं टिमले नै रोजेको हो ।’

अध्ययनको शिलशिलामा अष्ट्रेलिया बस्दै आएका शत्तिले फिल्ममा राम्रो गर्ने बताए । अध्यनकै शिलशिलामा अमेरिका बस्दै आएकी कविताले पनि फिल्मका लागि सक्दो मिहेनग गर्ने बताइन् । रिभेञ्ज लभ स्टोरी फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । टिजर हेर्नुस् :

फिल्ममा शिव श्रेष्ठ सहित प्रियंका कार्की, बर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला लगायत वरिष्ठ कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मलाई शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राई मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha