मंगलबारदेखि सुरु भयो सलिनमानको ‘यात्रा’

नायक सलिनमान बनियाँ स्टारर फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । मंगलबार राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो ।

फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनियाँ र सलोन बस्नेत, सिनेम्याटोग्राफर संजय लामाले पुजा गर्दै फिल्मको एक दृश्यको छायांकन भएको थियो । फिल्ममा निर्माताको रुपमा सुशील पोखरेल पनि जोडिएका छन् । प्राय एक्लै फिल्म बनाउने निर्माताको रुपमा चिनिने केशव र सुशील यसमा भने केहि दिन अगाडी मात्र जोडिएका हुन् ।

गणेस्थान वरपर र गहनापोखरी वरपर फिल्मको छायांकन गरिएको छ । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै नोटिस भएका सलिनमान बनिया यस फिल्मका मुख्य कलाकार हुन् । फिल्ममा उनिसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्ममार्फत सम्राट शाक्यनिर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायकनिर्देशक सुरेश नै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha