यस्तो बन्यो सलमानको ‘रेश थ्री’ प्रोमो

सलमान खान स्टारर बलिउड फिल्म ‘रेश थ्री’ को प्रोमो सार्वजनिक भएको छ । रेमो डेसुजा निर्देशित फिल्मको प्रोमो धमकोदार छ । ३ मिनेट बढी लामो ‘रेश थ्री’ को प्रोमो यस्तो छ :

दुई सिक्वेल सुपरहिट भएपछि ‘रेश थ्री’ बनेको हो । ‘रेश थ्री’ मा सलमान सहित अनिल कपुर, ज्याकलिन फर्नान्डिज, बबी देवल, डेजी शाह, साक्वि शलिम र फ्रेडी दारुवालाको मुख्य भूमिका छ ।

फिल्म सलमान खान फिल्मस र टिप्स ईन्डष्ट्रिज लिमिटेडको संयुक्त निर्माणमा बनेको हो । ईदमा रिलिज हुने रेश ३ प्रोमो रिलिज सँगै थप प्रतिक्षित बनेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha