‘पण्डित बाजेको लौरी’को प्रोमो हेर्नुस्

फिल्म ‘पण्डित बाजेको लौरी’ को टिजर सार्वजनिक भएको छ । दीपक ओली निर्देशित फिल्मले एउटा सानो गाउँ भित्र पण्डित्याईको गर्ने भिन्न भिन्न पण्डितहरुको कथामा भन्छ । टिजर हेर्नुस् :

‘पण्डित बाजेको लौरी’ मा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ को भूमिकामा प्रस्तुत छन् । बादीले जीविको-पार्जनको लागि मादल बनाउछन् भने बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हेपिने बादी समुदाय र समाजको ठुलो जात भनिने पण्डितविचको सम्वन्धलाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक ओलीले बताएका छन् ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथारपटकथार संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ । सिनेमा साउन ४ गते सार्वजनिक प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha