‘बेबी आइ लभ यू’ को म्युजिकल्ली कम्पिटिसन

फिल्म ‘बेबी आइ लभ यू’ ले म्युजिकल्ली कम्पिटिसनको घोषणा गरेको छ । पछिल्लो समय युवा पुस्तामा निकै हिट भैरहेको म्युजिकल्लीलाई फिल्म प्रचारमा ल्याएको हो । म्युजिकल्लीको लागि तलको तस्बिरमा लिंक गर्नुस् : 


फिल्म ‘बेबी आइ लभ यु’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत समेत गर्नेछ । निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजार सहित फिल्मको दुई वटा फिल्मको टिर्सट पनि दिइनेछ । सन्तोष र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

जनक पाण्डे निर्देशित ‘बेबी आइ लभ यु’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । शिव न्यौपाने निर्मित फिल्म यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha