‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५’

चलचित्र पत्रकार संघ नेपालको मिति २०७५ जेठ २ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५’ को घोषणा गरेको छ ।

नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साल र चलचित्र पत्रकार संघ नेपालका पुर्व उपाध्यक्ष तथा हाल रमाईलो टिभीका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्यलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै संघले लम्साल र पाण्डेलाई सम्मान गर्न लागिएको हो ।

संघले संघका पुर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पछिल्लो समय रंग पत्रकारितामा सक्रिय दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

आगामी जेठ ७ मा हुने १९ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संघका अध्यक्ष सन्दीप सापकोटाले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha