यस्तो छ ‘रोजी’मा प्रदीप, परमिता र मिरुनाको लुक्स

झ्याप्प दाह्री र रफ कपाल अनि हातमा हत्कडी । चकलेटी नायक प्रदीप खड्का बुधबार बालाजुको एनएफडीसमा आभारा लुक्समा प्रस्तुत हुँदा सञ्चारकर्मी चकित परे ।

आफ्नै प्रेमिकाको हत्या आरोपमा प्रदीपलाई अदालतमा उभ्याइयो । केही बेरपछि माहोल प्रश्न उत्तरमा मोडियो । खासमा त्यहाँ निरक पौडेलले निर्देशन गर्ने फिल्म ‘रोजी’को मुर्हत समारोह थियो । जुन फिल्ममा प्रदीप मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उनी पहिलो पटक यस प्रकारको भूमिकामा प्रस्तुत हुन लागेका हुन् ।

प्रदीपको साथमा नायिकाद्वया परमिता राज्य लक्ष्मी शाह र मिरुना मगरको मुख्य भूमिका रहनेछ । ‘होमवर्क’ पछि फिल्म निर्देशनमा फर्किएका निर्देशक पौडेलले ‘रोजी’ सस्पेन्स लभ स्टोरी फिल्म बताए । फिल्ममा प्रदीप, परमिता र मिरुनासँगै नायक कर्म, वरुण राणा लगायतको पनि रहनेछ ।

‘रोजी’ मा अर्जुन पोखरेल र एलिश कार्कीको संगीत दिदैंछन् भने राजुविक्रम थापाले खिच्दैछन् । फिल्मको कथा अनुप सापकोटाले तयार गरेका हुन् । यस्तै पटकथा तथा सम्वाद केदार भाुषालको छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण फिल्मका प्रस्तुतकर्ता उद्दव पौडेल हुन् । आयरा पौडेल र आरोही केसीको लगानी रहनेछ भने सम्पादन मित्र डी गुरुङले गर्नेछन् । प्रेसमिटको भिडियो हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha