वाग्लेसँगको नक्कली नोट फिल्म प्रायोजनको लागि

निर्माता माधव वाग्लेसँग भेटिएको नक्कली नोट फिल्म चङ्गा चेट सुटिङको लागि प्रयोग गरिएको खुल्न आएको छ । निर्माता वाग्लेको निवासमा भेटिएको २ करोड ५२ लाख बराबरको नोटहरुमा एकै नम्वर र नक्कली फिल्म प्रायोजनका लागि भनी उल्लेख छ ।

फिल्म छायाँकनका लागि बागबजार स्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका संचालक प्रकाश सुबेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका संचालक बिकेश नापितको छापाखानामा छापिएको थियो । बुधबार प्रहरीले नक्कली नोट, निर्माता वाग्ले सहित अन्य पाँच जना र नोट छाप्ने छाप्न प्रयोग भएका ४ थाना प्लेट समेत बरामद गरेको छ । नक्कली नोटको विषया थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ । काठमाण्डौं महानगरिय प्रहरी प्रभागले निकालेको प्रेस विज्ञप्ती यस्तो छ :


महानगरीय प्रहरी परिसरले निर्माता वाग्ले सहित महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङ लगायतलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha